बाढी, पहिरो र डुबानबारे दिन थालियो पूर्वसूचना सेवा « Khabarhub

बाढी, पहिरो र डुबानबारे दिन थालियो पूर्वसूचना सेवा


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बाढी, पहिरो, डुबान लगायतका विपत्तीबारेको पूर्वसूचना दिन सुरू गरेको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी मात्र पूर्वसूचना दिने गरेकोमा हाल बाढी, पहिरो लगायतका पूर्वसूचना दिन सुरू गरिएको हो ।

यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ । वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ ।

विपदबाट हुने सम्भावित क्षतिबारे आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवाको विस्तार गरिएको हो ।

पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिइन । जस अनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको http://www.hydrology.gov.np मार्फत जारी गरिनेछ ।

त्यस्तै, मौसमका कारण उत्सर्जित बाढीसम्बन्धी पूर्वसूचना भने केही घण्टा अगाडि संवेदनशीलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रीय तथा स्थानीय निकाय र सरोकारवालाहरूलाई मोबाइल एसएमएसमार्फत सूचित गरिने विभागले जनाएको छ ।

नेपाल फ्लड एलर्ट नामको ट्वीटर र फेसबुकमार्फत पनि आवश्यकता अनुसार बाढी पूर्वसूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने तय भएको छ ।

विशेष भौगोलिक क्षेत्रको बाढीसम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : ४२ बजे

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल