प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त « Khabarhub

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा डा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्रा डा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ०३ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार