प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त « Khabarhub

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह आईओएमको डिनमा नियुक्त


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा डा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्रा डा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ०३ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय