मेलम्चीको पानी असार अन्त्यतिर ल्याउँछौं : मन्त्री मगर « Khabarhub

मेलम्चीको पानी असार अन्त्यतिर ल्याउँछौं : मन्त्री मगर


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको काम पूरागरी आगामी आर्थिक वर्षको सुरूदेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने बताएकी छिन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले कोरोना प्रकोप, कर्मचारी आन्दोलनसहितका अनेक चुनौतीका बीच मेलम्ची खानेपानी आयोजना उद्घाटनको तयारी भइरहेको बताएकी हुन्।

‘अनेक चुनौतीका बाबजुद मेलम्ची खानेपानी आयोजनाको उद्घाटनको तयारी भइरहेको छ, त्यो दिन सम्पूर्ण नेपालीका लागि गौरवको दिन हुनेछ,’ मगरले भनिन्।

मेलम्चीको विषयले थुप्रै अन्यौलता र निरासा सिर्जना गरेको बताउँदै मन्त्री मगरले दुई दशकको प्रतिक्षापछि अब ती निरासाहरूलाई चिरेर नयाँ आर्थिक वर्षदेखि आयोजना सञ्चालन अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।

‘असारभित्र टनेलको पानी परीक्षणतर्फ अघि बढ्ने छौं, परीक्षण सकिएपछि सुन्दरीजलमा झार्ने छौं,’ मगरले भनिन, ‘र, सुन्दरीजलदेखि यता काठमाडौं खानेपानी लिमिटेडले वितरण गर्नेछ।’

मन्त्री मगरले दोस्रो चरणको काम प्रारम्भ भएसँगै अनुगमन भइरहेको जानकारी दिइन्। काममा तीव्रता दिइएकाले काठमाडौंमा मेलम्चीको शुद्धपानी अब चाँडै आइपुग्ने उनले बताइन्।

मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको कामलाई तीव्रता दिइएको उल्लेख गर्दै मन्त्री मगरले १५औं योजनाले सबै नागरिकलाई खानेपानीको पहुँच पुर्याउने प्रतिवद्धता व्यक्त गरिन्।

‘आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनतामा आधारभूतस्तरको खानेपानी सेवाको पहुँच विस्तार गर्नेगरी बजेट विनियोजन भएको छ,’ उनले भनिन्।

३२ प्रतिशत जनतामा मध्यम् तथा उच्चस्तरको खानेपानी लक्ष्य बजेटले राखेको उनले बताइन्। तराई क्षेत्रमा १५ हजार, पहाडी क्षेत्रमा ५ हजार र हिमाली क्षेत्रमा १ हजार परियोजना संघीय सरकारले र साना परियोजनाहरू प्रदेश सरकार र स्थानीय तहमार्फत कार्यान्वयन भइरहेको मगरले उल्लेख गरिन्।

खानेपानी तथा सरसफाइ विधेयकले संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारको विषयमा सम्बोधन गर्ने उनले बताइन्।

प्रादेशिक राजधानी तथा १४ वटा प्रमुख सहरहरूमा एकीकृत खानेपानी आयोजना अन्तर्गत ५ वटा आयोजनाको विस्तृत अध्ययन गरिने जानकारी मन्त्री मगरले दिइन्।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : १२ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको