कन्नड कलाकार ध्रुव सर्जा र उनकी पत्नीमा देखियो कोरोना « Khabarhub

कन्नड कलाकार ध्रुव सर्जा र उनकी पत्नीमा देखियो कोरोना


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारी बढ्दै गइरहेको छ । भारतमा सेलिब्रेटीहरुमा कोरोना पोजेटिभ देखिएका खबरहरु आइरहेका छन् ।

बलिउड स्टार अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र उनकी छोरी, अनुपम खेरको परिवारमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो ।

यसैबीच कन्नड फिल्म स्टार ध्रुव सर्जामा पनि कोरोना संक्रमण भएको छ । सर्जाले सामाजिक सञ्जालमार्फत पत्नी र आफूमा कोरोना देखिएको बताएका छन् ।

‘म र मेरी पत्नीमा कोरोना देखिएको छ, त्यसपछि हामी आफै हस्पिटलमा भर्ना भएका छौं, मलाई आशा छ कि, छिट्टै निको हुनेछौं,’ उनले ट्वीटरमार्फत जनाएका छन् ।

सर्जाले गतवर्ष आफ्नी गर्लफ्रेण्ड प्रेरणासँग बिहे गरेका थिए । फ्यानले उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र