मेची भन्सारद्वारा ८ अर्ब ३५ करोड राजश्व संकलन « Khabarhub

मेची भन्सारद्वारा ८ अर्ब ३५ करोड राजश्व संकलन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६१२ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो ।

कार्यालयले आव २०७६/७७ मा १३ अर्ब २४ करोड एक लाख ९९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।

सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व संकलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको रु एक अर्ब १० करोड राजश्व प्रभावित बनेको कार्यालयको भनाइ छ ।

गत चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेको भए पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए ।

गत चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्यालय काँकरभिट्टाले एक अर्ब १० करोड राजश्व गुमाउनुपरेको कार्यालयले जनाएको छ ।

लकडाउन यता पूर्वी नाका भएर सबैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजश्व धान्ने हवाई इन्धन र ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको आयात शून्य झै भएको भन्सार अधिकारी बताउँछन् । पूर्वी नाका काकरभिट्टाबाट झण्डै अढाई करोड मूल्य बराबरको फलफूल तथा तरकारी भित्रिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ३४ बजे

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह