नेपालीलाई गाली गर्दै बनारसमा जबर्जस्ती कपाल मुण्डन गराउने एक पक्राउ « Khabarhub

नेपालीलाई गाली गर्दै बनारसमा जबर्जस्ती कपाल मुण्डन गराउने एक पक्राउ


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बनारसमा एक जनाको कपाल मुण्डन गराएर नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

उक्त भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट भिडियोसमेत बरामद गरिएको र अन्य केहीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।

उक्त भिडियो अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार उनी स्थानीयरुपमा एक संगठन चलाउने व्यक्ति हुन् ।

पाठक विश्व हिन्दु सेना संगठनमा आबद्ध रहेको जनाइएको छ । उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सामाजिक सन्जालमा भाइरल बनेको उक्त भिडियोमा बनारसमा बस्दै आएका नेपाली भनिएका एक जनाको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ।

भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ०४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा