अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन « Khabarhub

अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो ।

सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए ।

औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए ।

यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : १६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,