एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित हुँदै « Khabarhub

एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित हुँदै


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

बिहान ९ बजेदेखि दिउँसोसम्म रुजु र डमी कपी हेरेका सदस्यहरुले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका हुन् । अहिले बोर्डको बैठक चलिरहेको जनाइएको छ ।

बोर्डका एक सदस्यले बैठक जारी रहेकाले केहीबेरमा परीक्षाफल प्रकाशित हुने बताए ।

मन्त्री परिषद्को बैठकले यस वर्षको एसईई परीक्षा विद्यालयले दिएको मूल्याङ्कनका आधारमा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो ।

गत असार २० गते विद्यालय र ३० गतेभित्र इकाईले अंक पठाउनुपर्ने गरी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले निर्देशन जारी गरेको थियो ।

पनिकाले करीब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर परीक्षाफल प्रकाशन गर्न ‌लागेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ५ : ०२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक