यसरी हेर्नुहोस् एसईईको नतिजा « Khabarhub

यसरी हेर्नुहोस् एसईईको नतिजा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डsf सदस्यसचिव दुर्गा अर्यालले खबरहबलाइ जानकारी दिए  ।

झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ ।

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था समेत हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

कसरी हेर्ने नतिजा ?

बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ०४ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको