अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज « Khabarhub

अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ ।

विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ ।

इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको ३०३ रनको विशाल विजयी लक्ष्य अष्ट्रेलियाले २ वल बाँकी रहँदै ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि एलेक्स केरी ७ चौका र २ छक्काको मद्दतमा ११४ रनको योगदान दिदा ग्लेन मेक्सवेलले सर्वाधिक १०८ रन बनाए । उनले ९० बलमा ७ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्लाण्डले इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोको सतक मद्दतमा ३०२ रन बनाएको थियो ।

बेयरस्टोकले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको योगदान दिए पनि टिमलाई जीताउन सकेनन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ५६ बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो