नबिल बैंकले ल्यायो चाडपर्व योजना « Khabarhub

नबिल बैंकले ल्यायो चाडपर्व योजना


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंकले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । कोविड १९ महामारीको प्रभावमा परेका नेपालीको मुहारमा खुसी भर्ने योजनासहित नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना सुरु गरेको जनाएको छ ।

नेपालीको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दतीखाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने गरी योजना ल्याएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत व्याजदर प्रदान गर्नेछ ।

२ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत व्याजदरप्रदान गरिने बैंकले जनाएको छ ।

साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

– घर कर्जामा : ७.४९ प्रतिशत
– धितो कर्जामारव्यक्तिगत ओभरड्राफ्टमा : ७.९९ प्रतिशत

साना तथा मझौला कर्जामा
– एक करोड सम्मको कर्जामा : ७.४९ प्रतिशत
– एक करोड भन्दा माथिकोकर्जामा : ७.९९ प्रतिशत

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १ : ५६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन