विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, ७४ प्रतिशत निको « Khabarhub

विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, ७४ प्रतिशत निको


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३  हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ । ६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : २० बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर