प्रदेश–२ मा १२ हजारभन्दा बढीले जिते कोरोना « Khabarhub

प्रदेश–२ मा १२ हजारभन्दा बढीले जिते कोरोना


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् ।

असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठ वटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ ।  सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा  आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो ।

चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ ।

भदौमा मात्रै पाँच हजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउँछन् ।

महामारीले वैशाखमा ९२, जेठमा एक हजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीन हजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ ।

त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ३२ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई