जनप्रतिनिधिसहित थप ७ संक्रमितको मृत्यु « Khabarhub

जनप्रतिनिधिसहित थप ७ संक्रमितको मृत्यु


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनका एक जनप्रतिनिधिसहित सुनसरी, बाँके, रूपन्देहीका गरी थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा कोरोना संक्रमित खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेसहित दुई जनाको मृत्यु भएको छ ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १:४५ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यसअघि, चितवनमा भरतपुर महानगरपालिका वडा नं. २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना गरिएकी ती महिलाको आज बिहान २:०८ मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

बीपी प्रतिष्ठान धरानमा पनि उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी- ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको राति ७:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक क्यान्सरपीडित रहेको उनले जानकारी दिए ।

बाँकेमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

उनको शुक्रबार राति १० बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर का ६१ वर्षीय पुरुषको पनि शुक्रबार राति ९ बजेतिर उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, बाहिरी जिल्लाका थप १३ को पनि मृत्यु भएको छ । बाँकेमा हालसम्म कोरोनाले ४२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित गुल्मीकी ५८ वर्षीया एक महिलाको पनि बुटवलमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको उनको कोरोना आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या देखिएको उनी गुल्मीको रेसुंगा नगरपालिका–३ की बासिन्दा हुन् ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : २४ बजे

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन