जनप्रतिनिधिसहित थप ७ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

जनप्रतिनिधिसहित थप ७ संक्रमितको मृत्यु


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनका एक जनप्रतिनिधिसहित सुनसरी, बाँके, रूपन्देहीका गरी थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा कोरोना संक्रमित खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेसहित दुई जनाको मृत्यु भएको छ ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १:४५ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यसअघि, चितवनमा भरतपुर महानगरपालिका वडा नं. २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना गरिएकी ती महिलाको आज बिहान २:०८ मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

बीपी प्रतिष्ठान धरानमा पनि उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी- ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको राति ७:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक क्यान्सरपीडित रहेको उनले जानकारी दिए ।

बाँकेमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

उनको शुक्रबार राति १० बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर का ६१ वर्षीय पुरुषको पनि शुक्रबार राति ९ बजेतिर उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, बाहिरी जिल्लाका थप १३ को पनि मृत्यु भएको छ । बाँकेमा हालसम्म कोरोनाले ४२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित गुल्मीकी ५८ वर्षीया एक महिलाको पनि बुटवलमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको उनको कोरोना आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या देखिएको उनी गुल्मीको रेसुंगा नगरपालिका–३ की बासिन्दा हुन् ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : २४ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट

उपचारमा लापरबाही मुद्दामा ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

काठमाडौं– ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही

जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली

इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण

तेलअभिभ- इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ ।

कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीलाई