सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना « Khabarhub

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्।

उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन्।

मन्त्रीलाई कोरोना संक्रमण हुनु अघि उनको सचिवालयका एक जना स्वकीय सचिव, एक जना निजी स्वकीय सचिव, २ जना पीएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई पनि केही दिन अघि कोरोना सङ्क्रमण भएको थियो।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना