विराटनगरका सबै विद्यालय सञ्चालन « Khabarhub

विराटनगरका सबै विद्यालय सञ्चालन


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन भएका छन् ।

कोरोना भाइरसको महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो ।

महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् ।

पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको  महानगरका मेयर भीम पराजुलीले बताए ।

२०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ४० बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको