अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ | Khabarhub Khabarhub

अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन ।

बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताए ।

उनले कस्ता चुनौती र समस्या पैदा भएको भन्नेबारे थप केही प्रष्ट पारेनन् ।

गुरुङले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने पनि बताए । अहिले देखिएका समस्याहरू लोकतान्त्रिक विधिबाट हल गर्न सकिने उनको भनाइ छ ।

उनले आफ्नो पार्टीको समस्याप्रति संकेत गर्दै भने ‘अहिले राजनीतिक र वैचारिक समस्याहरू छन, ती समस्या समाधान गर्न छलफल, बहस र अन्तरक्रिया चलेका छन्, यसलाई नकारात्मक नभई सकारात्मक रुपमा लिनुपर्छ ।’

मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भई अगाडि बढ्नु पर्ने उनले बताए । कतिपय विषयहरू पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुनेको भनाइ छ ।

गुरुङले भने, ‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौँ कि भिन्न मतलाई निषेध गरेर एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो, ।’

कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढे छिटो सकारात्मक परिणाम निस्कने उनको भनाइ छ । एक अर्कालाई निषेध गर्ने बाटोले नकारात्मक परिणाम ल्याउने उनले बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ३ : २३ बजे

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

 गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए

 प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव

पाटन– युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन

बिसनपुर क्षेत्रका गाउँहरू नदी कटानको जोखिममा

गाईघाट– दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको