चीनमा जन्मदर ७० वर्षयताकै न्यून « Khabarhub

चीनमा जन्मदर ७० वर्षयताकै न्यून


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी राष्ट्र चीनको जन्मदर ७० वर्षयताकै न्यून भएको पाइएको छ । चीनको केन्द्रीय तथ्या‌क निकायले गरेको सर्वेक्षण अनुसार सन् २०१९ मा जन्मदर प्रतिहजार १०.४८ छ । यो सन् १९४९ यताकै सबैभन्दा कम रहेको थियो ।

यो जन्मदर ७० वर्षअघि जनगणतन्त्र चीन स्थापना भएपछिकै सबैभन्दा कम भएको बीबीसीले उल्लेख गरेको छ । चीनमा जन्मदर घट्नुमा त्यहाँको एउटा मात्र सन्तान जन्माउन पाइने नीति मुख्य कारण रहेको बताइन्छ ।

सन् २०१९ मा जन्मेका शिशुहरूको सङ्ख्या पाँच लाख ८० हजारले घटेर एक करोड ४० लाख ६५ हजार पुगेको थियो। ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ जुन उसका लागि चुनौती हुन सक्ने ठानिएको छ।

घट्दो जन्मदर रहे पनि मृत्युदर समेत कम रहेका कारण चीनको जनसङ्ख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको छ। तर घट्दो जन्मदर ‘जनसाङ्ख्यिक टाइमबम’ बन्न सक्ने भन्दै धेरैलाई चिन्तामा पारेको छ।

त्यसको अर्थ काम गर्ने उमेरका मानिसहरूको एउटा समूह सेवानिवृत्त जनसङ्ख्याको स्याहारमा खटिनुपर्नेछ। सन् १९७९ मा चीन सरकारले देशव्यापी लागु हुने गरी एउटा मात्र बच्च जन्माउन पाउने नीति ल्याएको थियो। जनसङ्ख्या वृद्धिदर कम गर्नका लागि त्यस बेला यो नीति ल्याइएको थियो।

ती नियम उल्लङ्घन गर्ने परिवारहरूले जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउने र कुनै बेला जबरजस्ती गर्भपतन गराउन बाध्य हुने गर्थ्यो।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : ०० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक