चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक (अर्थसहित ) « Khabarhub

चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक (अर्थसहित )


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे-जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।

उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक  र अर्थः-

सत्येन धार्यते पृथिवी सत्येन तपते रविः ।
सत्येन वाति वायुश्च सर्व सत्ये प्रतिष्ठतम् ।।

सत्यले पृथ्वी स्थिर छ, सूर्य सत्यले नै तातेको छ, सत्यले नै वायु बहन्छ, सबै कुरा सत्यमा नै निर्भर हुन्छन् ।

लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्च यत्र न विधन्ते न कुर्यात् तत्र संस्थितिम् ।।

व्यवसाय, दण्ड, लाज, कुशलता र सहयोग यी पाँच कुरा नभएको ठाउँमा नबस्नु ।

शैले शैले न माण्क्यिं मौक्तिकं न गजे गजे ।।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ।।

सबै पहाडमा रत्न र मणि पाइँदैन, सबै हात्तीका मस्तकमा मोति पाइँदैन, संसारका सबै ठाउँमा सज्जन पुरुष पाइँदैनन् र सबै जंगलमा चन्दन पनि पाइँदैन ।

माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा ।।

जुन आमाबाबुले छोराछोरीलाई पढाएनन् ती आमाबाबु शत्रु हुन् । हाँसका बथानमा बकुल्लो नसुहाए झै अनपढ छोराछोरी विद्धानको सभामा सुहाउँदैनन् ।

समाने शोभते प्रीतिः राज्ञि सेवा च शोभते ।
वण्ज्यिं व्यवहारेषु दिव्या स्त्री शोभते गृहे ।।

आफू समानको प्रीति, राजाको सेवा, व्यापारको पेसा र गुणी स्त्रीको घर सुहाउछन् ।

लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ।।

सन्तानप्रति पाँच वर्षसम्म माया, दश वर्षसम्म हप्कीदप्की र सोह्र वर्षपछि मित्रसमानको व्यवहार गर्नुपर्छ ।

राजपत्नी गरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ।।

रानी, गुरुआमा, साथिकी पत्नी, सासु र आफ्नै आमा गरी पाँचजना आमा हुन्छन ।

जनिता चोपनेता च यस्तु विधां प्रयच्छति ।
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ।।

जन्माउने, ब्रतबन्ध गराउने, शिक्षदिक्षा दिने, अन्नपानी दिने, समस्यामा जोगाउने यी पाँचजना पिताहरु हुन् ।

विधा मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च ।
व्याधितस्यौषधं मित्रं धर्माे मित्रं मृतस्य च ।।

प्रवासमा विद्या, घरमा पत्नी, रोगमा औषधि र मृत्युमा धर्म साथी हुन्छन् ।

गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।।

बितेका कुरामा शोक नगरौँ र भविष्यको पनि चिन्ता नलिऔं । वर्तमानलाई नै पूर्ण उपयोग गर्नु बुद्धिमानी हो ।

न दुर्जनः साधुदशामुपैति बहुप्रकारैरपि शिक्ष्यमाणः ।
आमुलसक्तिः पयसा घृतेन न निम्बवृक्षो मधुरत्वमेति ।।

फेददेखि टुप्पासम्म दिनदिनै दुध र घिउले सेचन गरे पनि निमको रुख स्वादिलो वा मिठो हुन सक्तैन, त्यस्तै जतिसुकै नीतिका कुरा सिकाए पनि दुर्जन व्यक्तिमा सज्जनता आउन सक्दैन ।

दुर्जनं सज्जनं कर्तुमुपायो न हि भुतले ।
अपानं शतधा धौतं न श्रेयठमिन्द्रियंभवेत् ।।

संसारमा दुर्जनलाई सज्जन बनाउने उपाय केही छैन । सयौँ धोए पनि गुदद्धार श्रेष्ठ इन्द्रिय बन्दैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ४८ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै