चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक (अर्थसहित ) | Khabarhub Khabarhub

चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक (अर्थसहित )


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे-जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।

उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य नीतिका जीवन उपयोगी १२ श्लोक  र अर्थः-

सत्येन धार्यते पृथिवी सत्येन तपते रविः ।
सत्येन वाति वायुश्च सर्व सत्ये प्रतिष्ठतम् ।।

सत्यले पृथ्वी स्थिर छ, सूर्य सत्यले नै तातेको छ, सत्यले नै वायु बहन्छ, सबै कुरा सत्यमा नै निर्भर हुन्छन् ।

लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्च यत्र न विधन्ते न कुर्यात् तत्र संस्थितिम् ।।

व्यवसाय, दण्ड, लाज, कुशलता र सहयोग यी पाँच कुरा नभएको ठाउँमा नबस्नु ।

शैले शैले न माण्क्यिं मौक्तिकं न गजे गजे ।।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ।।

सबै पहाडमा रत्न र मणि पाइँदैन, सबै हात्तीका मस्तकमा मोति पाइँदैन, संसारका सबै ठाउँमा सज्जन पुरुष पाइँदैनन् र सबै जंगलमा चन्दन पनि पाइँदैन ।

माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा ।।

जुन आमाबाबुले छोराछोरीलाई पढाएनन् ती आमाबाबु शत्रु हुन् । हाँसका बथानमा बकुल्लो नसुहाए झै अनपढ छोराछोरी विद्धानको सभामा सुहाउँदैनन् ।

समाने शोभते प्रीतिः राज्ञि सेवा च शोभते ।
वण्ज्यिं व्यवहारेषु दिव्या स्त्री शोभते गृहे ।।

आफू समानको प्रीति, राजाको सेवा, व्यापारको पेसा र गुणी स्त्रीको घर सुहाउछन् ।

लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ।।

सन्तानप्रति पाँच वर्षसम्म माया, दश वर्षसम्म हप्कीदप्की र सोह्र वर्षपछि मित्रसमानको व्यवहार गर्नुपर्छ ।

राजपत्नी गरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ।।

रानी, गुरुआमा, साथिकी पत्नी, सासु र आफ्नै आमा गरी पाँचजना आमा हुन्छन ।

जनिता चोपनेता च यस्तु विधां प्रयच्छति ।
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ।।

जन्माउने, ब्रतबन्ध गराउने, शिक्षदिक्षा दिने, अन्नपानी दिने, समस्यामा जोगाउने यी पाँचजना पिताहरु हुन् ।

विधा मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च ।
व्याधितस्यौषधं मित्रं धर्माे मित्रं मृतस्य च ।।

प्रवासमा विद्या, घरमा पत्नी, रोगमा औषधि र मृत्युमा धर्म साथी हुन्छन् ।

गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।।

बितेका कुरामा शोक नगरौँ र भविष्यको पनि चिन्ता नलिऔं । वर्तमानलाई नै पूर्ण उपयोग गर्नु बुद्धिमानी हो ।

न दुर्जनः साधुदशामुपैति बहुप्रकारैरपि शिक्ष्यमाणः ।
आमुलसक्तिः पयसा घृतेन न निम्बवृक्षो मधुरत्वमेति ।।

फेददेखि टुप्पासम्म दिनदिनै दुध र घिउले सेचन गरे पनि निमको रुख स्वादिलो वा मिठो हुन सक्तैन, त्यस्तै जतिसुकै नीतिका कुरा सिकाए पनि दुर्जन व्यक्तिमा सज्जनता आउन सक्दैन ।

दुर्जनं सज्जनं कर्तुमुपायो न हि भुतले ।
अपानं शतधा धौतं न श्रेयठमिन्द्रियंभवेत् ।।

संसारमा दुर्जनलाई सज्जन बनाउने उपाय केही छैन । सयौँ धोए पनि गुदद्धार श्रेष्ठ इन्द्रिय बन्दैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ४८ बजे

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध’

जनकपुर– राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले

रास्वपा र राप्रपालाई सभामुखले भने- विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाइदिनुस्

काठमाडौं– सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता

किसानको प्रगतिविना देशको विकास सम्भव छैन : नेता सिटौला

भद्रपुर– नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान