चिनियाँ राष्ट्रपतिकाे कामप्रति असन्तुष्टि जनाउने कानून अधिकारकर्मी पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिकाे कामप्रति असन्तुष्टि जनाउने कानून अधिकारकर्मी पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चीनफिङले मुलुकका लागि चालेका कदमप्रति असन्तुष्टि जनाउने एक कानून अधिकारकर्मी पक्राउ परेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण लगायत मुलुकको संकट समाधानका लागि राष्ट्रपति सीले चालेका कमदप्रति असन्तुष्टि जनाउने शु झियोङ पक्राउ परेका हुन् ।

केही दिन अघि कोरोना नियन्त्रणमा चीनले चालेको काम प्रभावकारी नदेखिएको जनाउँदै उनले राष्ट्रपतिले ‘बाटो छाड्न’ भनेका थिए ।
लामो समयदेखि चीन सरकारको विरोध गर्दै आएका उनी प्रहरीको खोजीमा रहेका थिए ।

उनलाई दक्षिणी शहर ग्वाङझोउबाट गत शनिबार पक्राउ गरिएको उनका सहकर्मीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
शियामेनमा भएको कार्यक्रममा सहभागी अरु केही अधिकारकर्मी यसअघि नै पक्राउ परिसकेका छन् ।

बेइजिङमा रहेकी उनकी प्रेमिका पनि गत शनिबारबाट सम्पर्कबाहिर रहेको अमेरिकामा रहेको ह्युमन राइट्स वाच चाइना नामक गैरसरकारी संस्थाले जनाएको छ ।

सन् २०१२ मा नवनागरिक अभियान नामक संस्था स्थापना गरेका शुले सार्वजनिक पदमा रहेका चिनियाँ अधिकारीलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आह्वान गर्दै आएका थिए । उनलाई सन् २०१४ मा ४ वर्षको जेलसजाय समेत सुनाइएको थियो ।

पछिल्ला केही सातायता उनले आफ्ना लेखहरुमा मुलुकमा बढ्दो कोरोनाभाइरस महामारीलगायतका संकटको समाधानका लागि चालेको कदमप्रति असन्तुष्टी जनाउँदै राष्ट्रपति सी जिन्पिङलाई ‘बाटो छाड्न’ आह्वान गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ०४ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख