कसले खान हुँदैन भटमास ? « Khabarhub

कसले खान हुँदैन भटमास ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा खानपानको आ–आफ्नै शोख हुन्छ । कसैलाई फलफुल, कसैलाई माछामासु त कसैलाई गेडागुडी मन पर्दछ ।

केहि मानिसलाई भटमास वा भटमासजन्य खाद्य सामाग्री मनपर्छ । विशेषगरि दक्षिण एसियामा पाईने भटमासलाई प्रोटिनको स्रोत मानिन्छ । यस अलावा भटमासमा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै महत्वपुर्ण हुन्छ ।

धेरै शारीरिक व्यायाम गर्ने तथा शरीरका लागि अत्यधिक प्रोटीन चाहिने ब्यक्तिका लागी अत्यन्त फाइदाजनक भटमास केहि रोगका बिरामीका लागी भने हानिकारक हुन्छ । भटमासमा हुने ट्रान्स फ्याटले हाई कोलेस्ट्रोल तथा मुटुको रोग समेत निम्त्याउँन सक्छ ।
कसकसले खानु हुदैन न त भटमास ?

१. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले भटमास खानु हुदैन । भटमासमा पाइने एमिनो एसिडले यस्ता महिलालाई रिंगटा लगाउने तथा दुध पिउने शिशुमा अपच हुने समस्या निम्तिन्छ ।

२. छालाको रोग भएकाहरुले पनि भटमास खानु हुदैन । यस्ता मानिसले भटमास खाएमा छाला सम्बन्धी रोगका साथै चिलाउने समस्या आइपर्छ ।

३. भटमासमा हुने फीटोएस्ट्रोजन नामक केमिकलले मिर्गौला सम्बन्धी रोग भएका ब्यक्तिलाई नकारात्मक असर पार्दछ । यो केमिकलले किड्नी फेल हुने खतरा हुन्छ ।

४. मूत्राशयको क्यान्सर भएका ब्यक्तिले पनि भटमास खानु हानिकारक हुन्छ ।

५. मधुमेह लागेका ब्यक्तिले पनि भटमास खानु हुदैन । भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५५ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक