युरोप, जापान र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक लगाउने सरकारको निर्णय « Khabarhub

युरोप, जापान र खाडी मुलुकबाट नेपाल प्रवेशमा पूर्ण रुपमा रोक लगाउने सरकारको निर्णय


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि युरोपसहित खाडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको हो ।

माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२०(शनिवार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (बैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

यस सम्बन्धी सूचना विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमा संप्रेसण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको छ । यस कार्यको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बैठकले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ४८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो