सार्वजनिक सवारीमा यात्रुको सुरक्षाका लागि यातायात व्यवस्था विभागले कमिटी बनाएर काम गर्ने « Khabarhub

सार्वजनिक सवारीमा यात्रुको सुरक्षाका लागि यातायात व्यवस्था विभागले कमिटी बनाएर काम गर्ने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै यातायात व्यवस्था विभागले समग्र यातयातको क्षेत्र हेर्नका लागि कमिटी बनाएर काम गर्ने भएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुले कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारे विभागले सूचना निकाल्ने र केही दिनमै त्यससम्बन्धि कमिटि बनाएर काम गर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

बुधवार यातायात व्यवस्था विभागको कार्यालय मीनभवनमा यातायात व्यवसायी, मजदुर, ट्राफिक प्रहरी, स्वास्थ्य मन्धालय र विभागबिच छलफल भएको थियो ।

छलफलमा व्यवसायीहरुले सार्वजनिक सवारीसाधनको संख्या दिनप्रतिदिन घट्दै गइरहेको र त्रासमा सवारी चलाउनुपर्ने बाध्यता समेत बनेको बताए ।

‘अहिले चालक र सहचालकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भनिएको छ’ यातायात व्यवसायी होम प्रसाद अधिकारीले भने, ‘मास्क पाउनै मुस्किल छ सरकारले सेनिटाइजर र मास्क कहाँबाट पाइन्छ भनिदिनुपर्‍यो ।’

बजारमा बरामद भएका मास्कहरु सार्वजनिक सवारी साधनमा यात्रा गर्नेलाई वितरण गर्न सकेमा यात्रुको सुरक्षा हुने र आत्मबल बढ्ने काम सरकारबाट भइदिए राम्रो हुने व्यवसायीको भनाइ छ ।

त्यस्तै व्यवयासीहरुले प्रत्येक टिकट काउन्टर तथा बस स्टपमा हेल्थ डेक्स राख्न माग गरेका छन् ।

सर्वसाधारणलाई कोरोना भाइरस सम्बन्धि सचेतना फैलाउनका लागि सवारी साधनमा सूचना, भिडियो लगायतका जानकारीहरु वितरण गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५८ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग