पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार सबै अदालत बन्द हुने « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार सबै अदालत बन्द हुने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए। उन उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ३१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको