माक्सको कालोबजारी गर्ने चिनियाँ पक्राउ « Khabarhub

माक्सको कालोबजारी गर्ने चिनियाँ पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बजारमा माक्सको अभाव सिर्जना भइरहेका बेला चिनियाँ नागरिकले कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ बमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने डिलर वा एजेन्टलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रहरीले बरामद गरेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले निर्देशन दिएका थिए।

यसैबीच, पक्राउ परेका चिनियाँ नागरिकहरुलाई छुट्टाउन चिनियाँ दूतावासले महानगरीय प्रहरी परिसरलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन