सबै जिल्लामा र्‍यापिड टेष्ट शुरु « Khabarhub

सबै जिल्लामा र्‍यापिड टेष्ट शुरु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो ।

मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

मोवाइल एप्लिगेसन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार १३० पुगेको छ । २४ घण्टामा मात्र एक हजार ११८ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये तीन सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २५४ जना रहेको छ ।

शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ–१९ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला सङ्क्रमणबाट पुष्टिभएका हुन् । कूल सङ्क्रमितमध्ये उपचारपछि निको भइ दुई जना घर फर्किसकेका छन् भने २८ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका मध्ये एक जना किशोरी निको भइ घर फर्केकी छिन् ।

विभिन्न जिल्लामा द्रुतमार्गबाट गरिने र्‍यापिट डायग्नोष्टिक भइरहेका र त्यसमा पोजेटिभ देखिएकाको पिसिआर प्रविधिबाट परीक्षण जारी छ । सङ्क्रमित टेकु अस्पतालमा एक, पाटनमा दुई, बाल रोगमा दुई, धनगढीमा पाँच, वीगञ्जमा चार, भरतपुरमा दुई र विराटनगरमा १२ जनाको उपचार भइरहेको छ । ती सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको नाम सार्वजनिक नर्गन सबै सञ्चारमध्यमसँग स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । लकडाउनको प्रभावबाट असहज महशुस गरेका बालबालिका र किशोर किशारीलाई रमाइलो वातावरण सृजना गरी घरभित्रै रहन सुझाव दिइएको छ ।

टेकुमा कोभिड–१९ सङ्क्रमणलाई परास्त गरी निको भएर घर जाँदै गरेकी किशोरी प्रसिद्धि श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन आदेश पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले उपचारमा रहेका बिरामीलाई उच्च मनोवल राख्न सुझाव पनि दिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : १६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच