लकडाउनको उल्लङ्घन गर्दै हजारौं मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा सहभागी « Khabarhub

लकडाउनको उल्लङ्घन गर्दै हजारौं मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा सहभागी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश- बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् ।

पचपन्न वर्षीय इमामको शुक्रबार मृत्यु भएको थियो । उनी वरिष्ठ स्लामिक धार्मिक नेता थिए भने वर्तमान् प्रधानमनत्री शेख हसिना वाजेदका सल्लाहाकारसमेत थिए ।

विश्वव्यापी समस्या बनेको कोरोनाभाइरस सङ्क्रमण फैलिनसक्ने भन्दै इमामको अन्त्येष्टिका लागि उन परिवारले ५० जनाको सहभागिताका लागि प्रहरीसँग अनुमति लिएको थियो ।

बङ्गलादेशको पूर्वी शहर सराइलमा इमामको अन्त्येष्टि यात्रा सुरू भएलगत्तै चोकचोकबाट निस्केका शुभेच्छुकको भीड रोक्नका लागि प्रहरी असफल भएको थियो ।

स्थानीय प्रहरी प्रमुख शहादत हुसैनले भने, “ठूलो सङ्ख्यामा इमामप्रति अन्तिम सम्मान प्रकट गर्न निस्केको शोकमग्न जुलुसका अघि प्रहरी अधिकारीहरू असहाय बन्नुपरेको हो ।” उनले एएफपीसँग भने “उहाँप्रति अन्तिम श्रद्धा व्यक्त गर्न मानिसहरू समूद्रको छालजस्तो उर्लिएका थिए ।”

परिवारले करिब एक लाख शोकाकुल शुभेच्छुकहरूले अन्त्येष्टिमा सहभागी भै इमामप्रति शोक व्यक्त गरेका बताएका बताएको छ । त्यस्तै प्रधानमन्त्री शेख हसिनाका सहयोगी शाह अलि फरादले पनि ठूलो सङ्ख्यामा अन्त्येष्टि समारोहमा सहभागीता भएको बताए ।

बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि गत मार्च २६ देखि देशव्यापी लकडाउनको घोषणा सरकारले गरेको छ । शनिबारसम्म यहाँ ३०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण ८४ जनाको मृत्यु भैसकेको छ । सरकारले लकडाउनको अवधिभर कुनै पनि धार्मिक स्थान (मस्जिद) मा प्रार्थनाका समयमा पाँच जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : १३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच