लकडाउनको उल्लङ्घन गर्दै हजारौं मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा सहभागी « Khabarhub

लकडाउनको उल्लङ्घन गर्दै हजारौं मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा सहभागी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश- बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् ।

पचपन्न वर्षीय इमामको शुक्रबार मृत्यु भएको थियो । उनी वरिष्ठ स्लामिक धार्मिक नेता थिए भने वर्तमान् प्रधानमनत्री शेख हसिना वाजेदका सल्लाहाकारसमेत थिए ।

विश्वव्यापी समस्या बनेको कोरोनाभाइरस सङ्क्रमण फैलिनसक्ने भन्दै इमामको अन्त्येष्टिका लागि उन परिवारले ५० जनाको सहभागिताका लागि प्रहरीसँग अनुमति लिएको थियो ।

बङ्गलादेशको पूर्वी शहर सराइलमा इमामको अन्त्येष्टि यात्रा सुरू भएलगत्तै चोकचोकबाट निस्केका शुभेच्छुकको भीड रोक्नका लागि प्रहरी असफल भएको थियो ।

स्थानीय प्रहरी प्रमुख शहादत हुसैनले भने, “ठूलो सङ्ख्यामा इमामप्रति अन्तिम सम्मान प्रकट गर्न निस्केको शोकमग्न जुलुसका अघि प्रहरी अधिकारीहरू असहाय बन्नुपरेको हो ।” उनले एएफपीसँग भने “उहाँप्रति अन्तिम श्रद्धा व्यक्त गर्न मानिसहरू समूद्रको छालजस्तो उर्लिएका थिए ।”

परिवारले करिब एक लाख शोकाकुल शुभेच्छुकहरूले अन्त्येष्टिमा सहभागी भै इमामप्रति शोक व्यक्त गरेका बताएका बताएको छ । त्यस्तै प्रधानमन्त्री शेख हसिनाका सहयोगी शाह अलि फरादले पनि ठूलो सङ्ख्यामा अन्त्येष्टि समारोहमा सहभागीता भएको बताए ।

बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि गत मार्च २६ देखि देशव्यापी लकडाउनको घोषणा सरकारले गरेको छ । शनिबारसम्म यहाँ ३०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण ८४ जनाको मृत्यु भैसकेको छ । सरकारले लकडाउनको अवधिभर कुनै पनि धार्मिक स्थान (मस्जिद) मा प्रार्थनाका समयमा पाँच जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै