चीनले कोरोना संक्रमितको तथ्य लुकाएको रहस्य खुल्यो  « Khabarhub

चीनले कोरोना संक्रमितको तथ्य लुकाएको रहस्य खुल्यो 


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना भाइरसबाट संक्रमितको तथ्य लुकाएको रहस्य खुलेको छ ।

शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आइरहेक कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका थिए ।

नयाँ खुलासा अनुसार चीनमा संक्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४ लाख रहेको पाइएको छ। यो जानकारी सैन्य संस्थाबाट लीक भएको जनाइएको छ ।

चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र कोरोनाको संक्रमण भएको बताएको छ ।

तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट लीक भएको डेटाका अनुसार चीनमा जम्मा कोरोना संक्रमितको संख्या ६.४ लाख भएको दाबी गरिएको छ ।

लीक भएको डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ ।

यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो । यस डाटामा केहि लोकेशन पनि सामेल रहेको जनाइएको छ ।

अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ ।

चीनमाथि विभिन्न देशहरुले कोरोनासम्बन्धी विभिन्न आरोप प्रत्यारोप लगइरहेका छन् ।

अमेरिका सहित विभिन्न देशहरुले चीनको कोरोनाबाट संक्रमित र मृतकको सत्य आँकडा लुकाएको बताइरहेका छन् । तर चीनले भने आफू कोरोना भाइरससँग लडेर जित्न सफल भएको दाबी गरिरहेको छ ।

सेन्टर फर डिसिज कन्ट्रोलले फोरन पोलिसी र रिपोर्टमा केहि पनि कुरा भनेको छैन । तर विश्व स्वास्थ्य संगठनले यस्तो कुनै पनि डेटाबेसको जानकारी नरहेको बताएको छ । डेलीमेलबाट

 

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ३६ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर