अमेरिकामा अश्वेत व्यक्तिमाथि गोली हान्ने प्रहरीलाई हत्या अभियोगको मुद्दा « Khabarhub

अमेरिकामा अश्वेत व्यक्तिमाथि गोली हान्ने प्रहरीलाई हत्या अभियोगको मुद्दा


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको एट्लान्टामा प्रहरीको गोली लागेर मृत्यु भएका २७ वर्षीय रेशर्ड ब्रुक्सको घटनामा संलग्न प्रहरीलाई हत्याको अभियोगसहित मुद्दा दायर गरिएको छ ।

स्थानीय रेस्टुरेन्ट अगाडि पार्किङ्ग गरिएकै गाडीमा निदाएर बाटो अवरुद्ध भएपछि पुगेको प्रहरी देखेपछि भागेका ब्रुक्सलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको थियो ।

सो घटनापछि प्रहरी ज्यादतीकाविरूद्ध संघर्ष चर्किएपछि उक्त प्रकरणमा संलग्न प्रहरीलाई हत्या अभियोगमा मुद्दा दायर गरिएको हो ।

गोली प्रहार गर्ने ग्यारेट रोल्फलाई पदबाट बर्खास्त गर्दै हत्यासहितका विभिन्न अभियोगमा मुद्दा दायर गरिएको छ ।

घटनास्थलमा रहेका अर्का प्रहरी अधिकारी डेविन ब्रोस्नानले प्रत्यक्षदर्शीका रुपमा बयान दिने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ३१ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका