मनसुन सक्रिय भएसँगै भारी वर्षाको पूर्वानुमान, बाढी र पहिरोको पनि जोखिम « Khabarhub

मनसुन सक्रिय भएसँगै भारी वर्षाको पूर्वानुमान, बाढी र पहिरोको पनि जोखिम


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम बाहेकका सबै भू-भागमा मनसुन सक्रिय भएको छ ।

गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेकाले सुदूरपश्चिममा पनि पुग्नै लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभावले कर्णालीबाट मनसुन अघि  बढ्न नसकेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म भने भने हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित प्रदेश १ र ५ का केही ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेने छ भने प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको  सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : १३ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको