१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक | Khabarhub Khabarhub

१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।

हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।

सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : २२ बजे

विश्वको सबैभन्दा वृद्ध महिलाको ११६ वर्षको उमेरमा निधन

टोकियो– विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको

२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु 

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३

जङ्गल फाँडेर शहर बसेको सम्झँदै ‘धरान डे’

सुनसरी – जंगल फाँडेर आधुनिक धरान बजार विस्तार भएको १२४

चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु

एजेन्सी – उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी

सुनसरी बराह क्षेत्रबाट भीम रावलको मातृभूमि जागरण अभियान सुरु

काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल मातृभूमि