विद्युत्को पोलबाट खसेर मजदूरको मृत्यु | Khabarhub Khabarhub

विद्युत्को पोलबाट खसेर मजदूरको मृत्यु


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ ।

नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल(खम्बा) बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।

विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ ।

यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए ।

“खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी दिइएको छ”, उनले भने, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।”

लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ । खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : २९ बजे

जङ्गल फाँडेर शहर बसेको सम्झँदै ‘धरान डे’

सुनसरी – जंगल फाँडेर आधुनिक धरान बजार विस्तार भएको १२४

चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु

एजेन्सी – उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी

सुनसरी बराह क्षेत्रबाट भीम रावलको मातृभूमि जागरण अभियान सुरु

काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल मातृभूमि

एन्फा महिला लिगमा एपीएफको सानदार जीत

काठमाडौं– नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल

नेपालमा पहिलोपटक अत्याधुनिक लिडार प्रविधिबाट हिमाली वन मापन

काठमाडौं – कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन