नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन « Khabarhub

नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ ।

राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो कार्यमा संलग्नलाई निरुत्साहित गर्न मुद्दा चलाउन थालिएको उनले बताए । ती दुई गाउँपालिका अन्तर्गत रहेको राप्ती नदीलगायत दर्जनौँ स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ ।

बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो । बन्दाबन्दीको समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए ।

सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी गाउँपालिकाको वडा नं ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १२ : २९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर