स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’ « Khabarhub

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान- सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् ।

गत आव ०७५/०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ । पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु एक सय पालिकामा रहेका दुई सहकारीमार्फत जम्मा गरिएको छ । चालु आवमा मासिक रु २ सय जम्मा गर्ने तयारी भइरहेको छ ।

सो कार्यक्रमका लागि गत वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शीर्षकमा रु दुई लाख ५० हजार विनियोजन भएको थियो । उक्त विनियोजित रकममार्फत पालिकाभित्रका ७८ छोरीले रु ६० हजार ६ सय बराबरको रकम प्राप्त गरेका छन् ।

चालु आवमा कार्यक्रमका लागि पालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । सोहीअनुसार एक छोरीलाई दुई सयका दरले सहकारीमा केही दिनमै रकम जम्मा गरिदिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताए ।

सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । गाउँमा छोरी भएका कारण हुने भ्रूणहत्या, बालविवाह तथा आर्थिक समस्याका कारण बीचमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १२ : ५९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार