स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’ « Khabarhub

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान- सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् ।

गत आव ०७५/०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ । पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु एक सय पालिकामा रहेका दुई सहकारीमार्फत जम्मा गरिएको छ । चालु आवमा मासिक रु २ सय जम्मा गर्ने तयारी भइरहेको छ ।

सो कार्यक्रमका लागि गत वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शीर्षकमा रु दुई लाख ५० हजार विनियोजन भएको थियो । उक्त विनियोजित रकममार्फत पालिकाभित्रका ७८ छोरीले रु ६० हजार ६ सय बराबरको रकम प्राप्त गरेका छन् ।

चालु आवमा कार्यक्रमका लागि पालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । सोहीअनुसार एक छोरीलाई दुई सयका दरले सहकारीमा केही दिनमै रकम जम्मा गरिदिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताए ।

सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । गाउँमा छोरी भएका कारण हुने भ्रूणहत्या, बालविवाह तथा आर्थिक समस्याका कारण बीचमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १२ : ५९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर