बजेटको तयारीमा स्थानीय सरकार « Khabarhub

बजेटको तयारीमा स्थानीय सरकार


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ । असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवाहरुसँग छलफल गरी योजना छनोटका लागि सुझाव सङ्कलन शुरु गरेका छन् ।

भजनी नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सामाजिक अगुवासँग गरेको छलफलमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्ने सुझाव आएको छ ।

नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विगतका अधुरा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै स्वास्थ्यमा बजेट केन्द्रित हुने बताए । “सुझाव सङ्कलन गरिरहेका छौँ, त्यसैलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउछौँ”, नगरप्रमुख चौधरीले भने, “अहिलेको अवस्थामा गत वर्ष भन्दा बजेट केही घटेर बजेट आउला ।”

कैलारी गाउँपालिकाले पनि बजेटको तयारी शुरु गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले विगतमा जस्तो होडबाजी नभएको बताउँदै वडास्तरदेखि गाउँपालिकाले योजनाको विषयमा छलफल गरिरहेको बताए । अघिल्लो वर्ष गाउँपालिकाले रु ५३ करोड बजेट विनियोजन गरेकामा आउँदो वर्ष रु ५० करोडसम्मको बजेट ल्याउने उनले बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कार्यपालिकाको बैठक बस्न नसकेकाले बजेटका विषयमा छलफल शुरु नभएको बताए । अध्यक्ष चौधरीले भने, “स्वास्थ्यलाई बजेटको प्राथमिकतामा राख्छौ ।”

गाउँपालिकाले चालू आर्थिक वर्षलाई रु ६९ करोडको बजेट ल्याएको थियो । आउँदो वर्षमा केही बढ्न सक्ने बताइएको छ । लम्कीचुहा नगरपालिकाले बजेटका लागि सुझाव सङ्कलन थालेको छ । विभिन्न क्षेत्रका अगुवालाई फरक समयमा बोलाएर सुझाव सङ्कलन भइरहेको नगरप्रमुख महादेव बजगाईँले बताए ।

अनुदान बढेर आएकोले बजेट केही बढ्न सक्ने तर अहिलेको अवस्थामा के काम गर्ने भन्ने अन्योल छाएको बताउनुभयो । नगरप्रमुख बजगाईँले भने, “क्वारेन्टिनमा मानिसलाई व्यवस्थापन गर्न निकै चुनौती छ, उता क्वारेन्टिन हेर्ने कि यता कार्यालय ? गाह्रो भइरहेको छ ।”

टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले बजेटको आन्तरिक तयारी भइसकेको बताउँदै वडाका योजना छनोटका लागि नगरपालिकाले परिपत्र गरिसकेको बताए । उनले आगामी बजेट केही घट्ने सम्भावना रहेको र वडामा जाने बजेटमा कटौती गरिएको बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ५२ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त