‘चिनियाँ हस्तक्षेप’ बढेको भन्दै लुम्बिनीमा प्रदर्शन « Khabarhub

‘चिनियाँ हस्तक्षेप’ बढेको भन्दै लुम्बिनीमा प्रदर्शन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – चीनले नेपालको आन्तरिक मामिलानमा हस्तक्षेप गरेको भन्दै शुक्रबार लुम्बिनीमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले ‘चिनियाँ हस्तक्षेप’ बन्द गर भन्दै चीन सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्ध नाराबाजी गरेका छन् । सो क्रममा प्रदर्शनकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लासमेत दहन गरेका छन् ।

चीनले नेपाली भूमि मिचेको तथा आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले विरोध गरिएको प्रदर्शनकारीहरूले बताएका छन् ।

पछिल्लो समय नेपालमा चीनले राजनीतिक तहमा हस्तक्षेप बढाउँदै लगेपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहँदा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : १८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा