साउनमा हरियोको महिमा र महत्व | Khabarhub Khabarhub

साउनमा हरियोको महिमा र महत्व


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा मानिदै आइएको छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा शिवको असिम कृपा प्राप्त हुने धार्मीक मान्यता रहदै आएको छ ।

यस महिनामा हिन्दु धर्मालम्बीहरु इच्छाइएको शिवालयमा गई शिवलाई जल अर्पण गर्ने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने । हरियो वा गेरु रंग धारण गर्ने परम्परा छ ।

पछिल्लो एक दशक यता श्रावणमा हरियो रंग लगाउने चलन बढेको छ । श्रावणमा महिलाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन बसेको छ । आखिर श्रावणमा हरियो रंग लगाउनुको कारण के छ त ?

श्रावणमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । यस अलावा रातो रंग धारण गर्दा खुशी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भवष्यि र व्यवसायमा सीधा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुदाँ मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको छ । शिव आफैमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाडैं प्रसन्न पार्ने विश्वास छ । तर्सथ महिलाहरू श्रावणमा हरियो मेहन्दी, चुरा, पोते र सारी लगाउने गर्दछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ०८ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ