बन्दाबन्दीको असर राजश्व सङ्कलनमा « Khabarhub

बन्दाबन्दीको असर राजश्व सङ्कलनमा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा १० अर्ब १२ करोड ५९ लाख दुई हजार रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा तीन अर्ब १६ करोड ८३ लाख ३० हजार रूपैयाँ कम हो ।

अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिमल सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा आर्थिक वर्ष २०७४/७५ को भन्दा एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७६ मा सङ्कलित राजस्वमा आयकर दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर ६१ हजार र शिक्षा कर १० लाख ६९ हजार छन् ।

आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।

बन्दाबन्दीले आयातनिर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योगधन्दा नचल्नु, निर्माणका काम रोकिनु जस्ता कारणले राजश्वमा असर परेको भएपनि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजश्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाइ छ ।

अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा पनि आफ्ना कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ०६ बजे

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह