नेपाल-भारत सीमामा गोली चल्यो, एक युवक र प्रहरी घाइते | Khabarhub Khabarhub

नेपाल-भारत सीमामा गोली चल्यो, एक युवक र प्रहरी घाइते


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । गोली लागि एक युवक र एक प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीय सहजव जट घाइते भएका हुन्।

पेटमा गोली लागेका उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। तस्करीको विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार तस्करीको विषयमा विवाद भएपछि प्रहरीको हतियार खोस्न खोजे, ढुङ्गा प्रहार भएपछि प्रहरीले गोली चलाएको छ ।

त्यस्तै एक प्रहरी जवान जिवराज विसङ्खे पनि घाइते भएका छन्। दुबै जनाको धरानमा उपचार भइरहेको छ।

बिहिवार मात्र सुनसरीकै सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको थियो।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका थिए। देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका थिए। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ४० बजे

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस्

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको