उद्योग वाणिज्य महासंघले गर्‍यो मौद्रिक नीतिको स्वागत « Khabarhub

उद्योग वाणिज्य महासंघले गर्‍यो मौद्रिक नीतिको स्वागत


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो सुझावअनुसार राष्ट्र बैकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको स्वागत गरेको छ ।

मौद्रिक नीति बारे धारणा सार्वजनिक गर्दै उद्योग वाणिज्य महासंघले लकडाउपछि केन्द्रीय बैकले सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र व्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था स्वागतयोग्य छ ।’

महासंघले पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानी गर्न आवश्यकता अनुसार थप समय प्रदान गर्ने गरी कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरूको समेत स्वागत गरेको छ ।

पुनर्कर्जा सम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्‍याउने विश्वास लिएको भन्दै महासंघले कर्जा स्रोत परिचालन अनुपात(सीसीडी रेसियो) बृद्धिले तरलता बृद्धि गर्न मद्दत गर्ने समेत जनाएको छ ।

चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्‍याउने विश्वास समेत महासंघले लिएको जनाएको छ ।

सञ्चालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गर्न नसकेपनि आगामी दिनमा यो माग समेत सम्बोधन हुने अपेक्षा महासंघले लिएको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ३ : १४ बजे

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको