सलहको दुई झुण्ड दैलेखमा, किसान चिन्तित « Khabarhub

सलहको दुई झुण्ड दैलेखमा, किसान चिन्तित


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ ।

शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो । दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् ।

साँझ ५ बजे सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित बनेका छन् ।

सलहको प्रकोप बढ्नेबारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २३ बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको