अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकैदिन थप ४० हजार २१६ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६७ हजार ४४७ जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५८३ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार ७१० पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ३१ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६