राष्ट्रिय झण्डा जलाइएको भिडियो युट्युबमा, गीतको चर्को विरोध र कारबाहीको माग « Khabarhub

राष्ट्रिय झण्डा जलाइएको भिडियो युट्युबमा, गीतको चर्को विरोध र कारबाहीको माग


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको राष्ट्रियतामा आँच आउने र जातीय घृणा फैलाउन उक्साउने एक भिडियो युट्युबमार्फत सार्वजनिक भएपछि चर्को विरोध भएको छ ।

‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य छ भने जातीय हिंसा फैलाउन उक्साइएको छ । गीत र भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाउँदै तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।

उक्त गीत मंगोल हप नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो । हिपहप जानराको उक्त गीतमा मंगोल गायल्ज नामक व्यक्तिले र्‍याप हानिरहेका छन् । उनले गीतमा आफूलाई गायक र सर्जकका रुपमा चिनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि मंगोल समुदायले पनि गीतको विरोध गर्दै कारबाहीको माग गरेका छन् ।

‘म मंगोल हुँ तर यो गीतसँग पूरै असहमत छु, पहिले हामी नेपाली हुनमा गर्व गरौं, नेपाल सरकारले यो गीतमा कारबाही गर्नुपर्छ,’ अमरदीप तामाङले लेखेका छन्, ‘सत्र हजार नेपाली मरेको घाउ अझै भरिएको छैन, फेरि जातीय दंगा भड्काउनेलाई छोड्नुहुन्न ।’

यस्तै श्रद्धा घिसिङले लेखेकी छिन्, ‘मलाई त भिडियोमा अरु मान्छे पनि सामेल भएको देखेर अचम्म लाग्यो ।’

सोमवार अपलोड गरिएको भिडियोमा यो समाचार तयार पार्दासम्म ९ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । ती प्रतिक्रियामा धेरैले गीतमा असहमति जनाउँदै विरोध गरेका छन् ।

राप्रपा सांसद राजेन्द्र लिङ्देनले यो गीतले जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्यक्रम कुनै पनि अर्थमा स्वीकार्य नहुने ट्वीटरमार्फत  बताएका छन् ।

‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं,’ उनी भन्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : ५० बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज