राष्ट्रिय झण्डा जलाइएको भिडियो युट्युबमा, गीतको चर्को विरोध र कारबाहीको माग « Khabarhub

राष्ट्रिय झण्डा जलाइएको भिडियो युट्युबमा, गीतको चर्को विरोध र कारबाहीको माग


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको राष्ट्रियतामा आँच आउने र जातीय घृणा फैलाउन उक्साउने एक भिडियो युट्युबमार्फत सार्वजनिक भएपछि चर्को विरोध भएको छ ।

‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य छ भने जातीय हिंसा फैलाउन उक्साइएको छ । गीत र भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाउँदै तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।

उक्त गीत मंगोल हप नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो । हिपहप जानराको उक्त गीतमा मंगोल गायल्ज नामक व्यक्तिले र्‍याप हानिरहेका छन् । उनले गीतमा आफूलाई गायक र सर्जकका रुपमा चिनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि मंगोल समुदायले पनि गीतको विरोध गर्दै कारबाहीको माग गरेका छन् ।

‘म मंगोल हुँ तर यो गीतसँग पूरै असहमत छु, पहिले हामी नेपाली हुनमा गर्व गरौं, नेपाल सरकारले यो गीतमा कारबाही गर्नुपर्छ,’ अमरदीप तामाङले लेखेका छन्, ‘सत्र हजार नेपाली मरेको घाउ अझै भरिएको छैन, फेरि जातीय दंगा भड्काउनेलाई छोड्नुहुन्न ।’

यस्तै श्रद्धा घिसिङले लेखेकी छिन्, ‘मलाई त भिडियोमा अरु मान्छे पनि सामेल भएको देखेर अचम्म लाग्यो ।’

सोमवार अपलोड गरिएको भिडियोमा यो समाचार तयार पार्दासम्म ९ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । ती प्रतिक्रियामा धेरैले गीतमा असहमति जनाउँदै विरोध गरेका छन् ।

राप्रपा सांसद राजेन्द्र लिङ्देनले यो गीतले जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्यक्रम कुनै पनि अर्थमा स्वीकार्य नहुने ट्वीटरमार्फत  बताएका छन् ।

‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं,’ उनी भन्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : ५० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि