उद्योग वाणिज्य महासंघको महाधिवेशन अब मंसिर ११ र १२ गते हुने « Khabarhub

उद्योग वाणिज्य महासंघको महाधिवेशन अब मंसिर ११ र १२ गते हुने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि पटक-पटक स्थगित हुँदै आएको  नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारण सभाको नयाँ मिति तोकिएको छ ।

शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने गरी नयाँ मिति तय गरेको हो । यसअघि २ पटकसम्म साधारणसभाको मिति तोकिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

शुक्रबार बसेको पदाधिकारी बैठकले चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो। साथै आजको निर्णयलाई आगामी असोज ११ वा १२ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।

चैत २८ र २९ गतेका लागि साधारणसभाको मिति तय गरिपनि कोरोना संक्रमणको कारण स्थगित भएको थियो।

त्यस्तै लकडाउन खुकुलो भएसँगै साउनको २६ र २७ मा साधारण सभा गर्ने नयाँ मिति तय गरेको थियो । तर, सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिबन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ४५ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला