भेरी अस्पतालमा उपचाररत बर्दियाका संक्रमित पुरूषको मृत्यु « Khabarhub

भेरी अस्पतालमा उपचाररत बर्दियाका संक्रमित पुरूषको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका-६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरूषमा  १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो ।

उनको थप उपचारका लागि भेरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ४० बजे

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको