सभामुख सापकोटामाथि प्रश्न उठाउँदै नेता रावलले गरे दशैं भत्ता फिर्ता लिन आग्रह « Khabarhub

सभामुख सापकोटामाथि प्रश्न उठाउँदै नेता रावलले गरे दशैं भत्ता फिर्ता लिन आग्रह


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् ।

संसद सचिवालयका महासचिवलाई आज पत्र पठाउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद रावलले दशैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सचिवालयले आफूहरुलाई जानकारी नै नदिई भत्ता जम्मा गरिएकोमा असन्तुष्ट जनाउँदै रावलले सो रकम फिर्ता गर्न आग्रह गरेका हुन् । कोरोना महामारीका बेला सांसदहरूले दशैं भत्ता लिन नहुने उनको भनाइ छ।

खातामा पठाइसकेको रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने रावलले पत्रमा उल्लेख गरेका छन् ।

बैंकबाट भत्ता फिर्ता नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दशैं भत्तावापतको रकम कट्टी गर्न पनि रावलले आग्रह गरेका छन् ।

पत्रमा नेता रावलले सभामुख अग्नि सापकोटाको नियतमाथि गम्भीर प्रश्न समेत उठाएका छन् ।

रावलले पत्रमा ‘देश बिषम परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधिहरु, विशेषत सांसदहरुका लागि दशैं भत्ता वापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनु पर्ने होइन, तर त्यसो नगरिएको’ भन्दै नेता रावलले सभामुखमाथि प्रश्न उठाएका हुन ।

सभामुखले नीतिगत निर्णय गरी सो भत्ता रोक्न सक्ने आसय रावलको पत्रमा लेखेका छन् ।

यसअघि आजै बिहान ट्वीट गर्दै उनले कुनै पनि जनप्रतिनिधिलाई दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका थिए ।

यस्तो छ पत्र

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : २७ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के