कर्णाली प्रदेश विवाद सुल्झाउन बसेको ओली-दाहालबीचको बैठक निष्कर्षविहीन « Khabarhub

कर्णाली प्रदेश विवाद सुल्झाउन बसेको ओली-दाहालबीचको बैठक निष्कर्षविहीन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झ्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

विवाद समाधानका लागि छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“बैठकमा कुनै निष्कर्ष निस्किएन । छलफललाई निरन्तरता दिने कुरा भएको छ,” सापकोटाले भने ।

प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए ।

प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । सोहीअनुरुप  दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।

केही दिन अघि संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपा कर्णाली प्रदेशमा विवाद उत्पन्न भएको छ ।

विवाद समाधानका लागि अध्यक्षद्वयले दुवै पक्षलाई बिहीबार छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : २५ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको