देशभर ३८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत « Khabarhub

देशभर ३८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३८० कोरोना संक्रमितको विभिन्न अस्पतालकाआइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२६ जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना र २९ जना भेन्टिलेटर उपचाररत छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ७९ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

यसभन्दा अघि मंगलबार ३ सय ५६ जना मानिस आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : २९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज